Websoft University

क्षतिपूर्तिबापत वृक्षरोपणका लागि जग्गा खोज्दै सेना


काठमाण्डौ पुस १ गते । रातो तारा डट कम,निजगढ काठमाण्डौ दु्रतमार्ग निर्माणका क्रममा काटिएका रुखको क्षतिपूर्तिबापतको वृक्षरोपणका लागि जमिन अभाव भएपपछि यतिबेला नेपाली सेनाले खाली जमिन खोजी गरिरहेको छ । दु्रमार्गको ट्रयाक खोल्ने क्रममा ६ हजार ७ सय र पछिल्लो समय निर्माणका लागि १७ हजार ९ सय ४९ वटा रुख काटेको सेनाले सुरुङ्ग र पुल निर्माणका लागि पुनः करिव दुई हजार रुख काटिने अनुमान गरेकोछ ।

 सरकारसँगको सम्झौता अनुसार दु्रतमार्ग निर्माणका क्रममा क्षति हुने प्रती रुख २५ वटाका दरले १९ हजार नौ सय ४९ वटा रुखबापत सेनाले करिब पाँच लाख वृक्षरोपण गर्नुपर्नेछ । जसका लागि सेनालाई तिन सय १५ हेक्टर खाली जमिन आवश्यक पर्छ । ललितपुर, मकवानपुर र बाराको वन क्षेत्रबाट काटिएका र काटिने क्रममा रहेका ती रुखबापतको वृक्षरोपण सम्बन्धित जिल्लामै गरिनुपर्ने सम्झौतामा उल्लेख छ । तर ललितपुर र मकवानपुरमा वृक्षरोपणका लागि खाली जमिन उपलब्ध नभएपपछि बारामै पाँच लाख बिरुवा रोप्ने तयारी सेनाले गरेको छ । 

आवश्यक तीन सय १५ हेक्टर मध्ये आयोजनाले हालसम्म ५.६१ हेक्टर क्षेत्रफलमा बिभिन्न प्रजातीका पाँच हजार बिरुवा रोपिसकेको छ । जमिन डिभिजन वन कार्यालय बाराले आयोजनालाई उपलब्ध गराएको थियो । डिभिजन वन बाराले ९१ हेक्टर खाली जमिन हस्तान्तरण गरिसकेको र जसमध्ये साढे पाँच हेक्टर क्षेत्रफलमा वृक्षरोपण सम्पन्न गरी रेखदेख गरिरहेको  द्रूतमार्ग सडक आयोजना, वृक्षारोपण कार्यदल निजगढका प्रमुख सेनानी सुशिलकुमार कार्कीले जानकारी दिनुभयो । 

डिभिजन वनमार्फत प्राप्त थप ७० हेक्टर क्षेत्रफलमा यही पुस महिनाभित्रै एक लाख १० हजार बिरुवा रोप्ने तयारी भैरहेको कार्कीले बताउनुभयो । त्यसका लागि आयोजनाको निजगढस्थित नर्सरीमा टिक, खयर, सिमल, सिसौ, अमला, निम, बेललगायत प्रजातिका बिरुवा तयार भइसकेका छन् । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.