Websoft University

एसओएस बालग्राम इटहरी को सामाजिक परिक्षण कार्यक्रम सप्पन्न


शिव भट्टराई,मोरङ।रातो तारा डट कम,सुनसरीको इटहरीमा रहेको एसओएस बालग्राम इटहरीले  सामजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ।सोमबार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि १ नं प्रदेश सवासद सर्वध्वज सावाले सो बालग्राम यस क्षेत्र कै नमुना को रुपमा रहेकोले यसलाई अगाडि बढाउन आफू हर कदम सहयोग गर्न तयार रहेको बताएका थिए।

कार्यक्रममा एसओएस बालग्राम इटहरीका निर्देशक देव चरण चौधरीको सभापतित्व रहेको थियो भने कार्यक्रममा संस्थाको वार्षिक प्रगती विवरण एसओएस हर्मन माइनर विद्यालय इटहरीका प्राचार्य सान्तिराम तिम्सिनाले प्रस्तुत गरेका थिए साथै स्वागत मन्तव्य एस ओएस सामाजिक केन्द्रका संयोजक सान्तिराम भण्डारीले दिएका थिए।

अभिभावक गुमाएका, अभिभावक गुमाउन सक्ने जोखिम मा रहेका बालबालिका को लागि काम गर्ने सस्था को रुप मा रहेको यस संस्थाले समय समय मा रक्तदान कार्यक्रम  सन्चालन गर्ने गरेको, स्थानिय विद्यालयमा भैतिक वस्तु प्रदान गर्ने गरेको, समुदाय का बिपन्न बालबालिका लाई छात्रवृत्ति प्रदान गर्ने गरेको, २ वर्ष देखि ४ बर्ष सम्मका गरिब बालबालिका लाई दिवाकालिन सेवा प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक कार्य पनि गर्दै आइरहेको  हाल यस सस्थामा जम्मा ५५० बिद्यार्थी रहेको निर्देशक देवचरण चौधरीले बताएका थिए।कार्यक्रममा जनप्रतिनिधि साथै विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने सो कार्यक्रमको सञ्चालन एसओएस हर्मन  मा बि का शिक्षक अभि भण्डारीले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.