Websoft University

हराएका १३ जना सकुशल फर्किए



काठमाण्डौ पुस १ गते । रातो तारा डट कम,जडिबुटी सङ्कलनका लागि जुम्लाको तिला गाउँपालिका ९ को शेरा फुलबारी पाटन गएका बेला वेपत्ता भएका भनिएका सबैजना सकुशल घर फर्किएका छन् । उनीहरू हिजो राति दस बजेतिर गाउँ फर्किएका हुन् । गत बिहीवार जडिबुटी सङ्कलनका लागि पाटन गएका उनीहरु हिउँमा परेर बेपत्ता भएकाथिए ।

बेपत्ता भएकाहरूसँग कुनै सम्पर्क हुन नसकेपछि खोजबिन गरिदिन सरकार समक्ष माग गरिएको थियो । स्थानीय प्रशासन कार्यालय जुम्लाले गृहमन्त्रालयलाई उद्धार गरिदिनको लागि हेलिकप्टर ब्यवस्थापन गर्न पत्र पठाएको थियो । जसअनुसार गृहमन्त्रालयले हेलिकप्टरमार्फट बेपत्ताको उद्धार गर्न निर्देशन दिएको थियो । 

सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिए पनि मौसममा देखिएको खराबीका कारण उड्न सकेको थिएन । बिहान बेपत्ता मध्येको एक जना छविराज बोहोराले फोन गरेर आफूहरु सकुशल भएको जानकारी दिनुभएको थियो । उनीहरू हिमपातमा परेर ज्यान गुमाएका बीनबहादुर बोहोरालाई लिएर गाउँ फर्किएका हुन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.