विराटनगर । रातो तारा डट कम, चालु आर्थिक वर्षको पाँच महिनामा उच्च अदालत विराटनगरले ३१.३४ प्रतिशत मुद्दा फछर्यौट गरेको छ ।
उच्च अदालत विराटनगरका मुख्य न्यायधीश तिलप्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार ३ हजार ४ सय ३० मुद्दा मध्ये चालु आर्थिक वर्षको मंसिर २५ गतेसम्म एक हजार ७५ वटा मुद्दा फछ्र्यौट भएको हो ।
उच्चमा २ हजार ३ सय ५५ वटा मुद्दा फैसला हुन बाँकी रहेको अदालतको अभिलेखमा देखिन्छ । फछ्र्यौट हुन बाँकी रहेका मध्ये ७३ वटा मुद्दा १८ महिना नाघेकोको रहेको अदालतले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा २ हजार ८२ वटा मुद्दा फछर्यौट भएकोले चालु आर्थिक वर्षमा ३ हजार ३ सय ३६ मुद्दा फछर्यौट गर्नुपर्ने लक्ष्य राखिएको हो । गत वर्ष ५६ प्रतिशत मुद्दा फछर्यौट भएकोले चालु आर्थिक वर्षमा ७० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य निर्धारण गरिएको हो ।
७० प्रशित चालु आर्थिक वर्षमा मुद्दा फछर्यौट गरिन प्रति इजालस चालु आर्थिक वर्षमा ६ सय ७३ वटा मुद्दा फछर्यौट गर्नु पर्नेछ । उच्च अदालत विराटनगरमा पाँच वटा इजालस छन् ।
चालु आर्थिक वर्षमा १८ महिना पुराना मुद्दाको संख्यालाई शुन्यमा ल्याउने अदालतको लक्ष्य रहेको बताइएको छ । आगामी आर्थिक वर्षमा १ हजार ४ सय ५४ भन्दा बढी मुद्दा बाँकी नराख्ने गरी काम गर्ने अदालतले जनाएको छ ।
Post a Comment