Websoft University

एरिना टेलिभिजनको ८ औ वार्षिक उत्सवकोमा वाइवाइ एरिना गोल्डकप आजै हुदै


बिराटनगर । रातो तारा डट कम,एरिना टेलिभिजनको ८ औ वार्षिक उत्सवको अवसरमा आयोजित फ्रेन्चाईज नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्डकप प्रतियोगिताको फाइनल खेल आज त्रियुगा नगरपालिका उदयपुर र बेलबारी नगरपालिका मोरङ् बीच हुने भएको छ । 

मंगलबार भएको पहिलो सेमिफाइल खेलमा रामधुनी नगरपालिकालाई ४-० ले पराजित गदै त्रियुगा नगरपालिका उदयपुर फाइनलमा प्रवेश गरेको थियो । त्यसै गरी बुधबार भएको अर्को सेमिफाइनल खेलमा बिराटनगरलाई ३-० गोलको अन्तरले पराजित गर्दै बेलबारीले पनि फाइनलमा यात्रा तय गरेको थियो । 

आज अपरान्ह ५ बजे देखि इटहरी रंगशालामा हुने प्रतिस्पर्धात्मक खेलमा दुवै टिमलाई दावेदारी मानिएको छ । यस खेलको विजेताले एक लाख रु १०००००/- र उपविजेताले पचास हजार रु ५००००/- नगद सहित ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.