Websoft University

वडाले गर्यो वडा माता पिता घोषणा


शिव भट्टराई सुनसरी बैशाख २२ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिका ४ नम्बर वडा कार्यालयको सहयोग तथा जेष्ठ नागरिक समाज चार नम्बर वडा कार्यसमितिको आयोजनामा वडा माता पिता घोषणा तथा ८० वर्ष माथिका जेष्ठ  नागरिक माता पिता साथै  उत्कृष्ट २ बुहारी लाई सम्पन्न कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा वडा जेष्ठ पिता ९५्वर्षिय  दिलबहादुर कालाखेति, जेष्ठ वडा माता ९२ वर्षिय पुष्पामाया सिग्देल लाई वडा माता पिता घोषणा गरी सम्मान गरेकोे छ । यस्तै उत्कृष्ट पालनपोषण गर्ने अप्सरा सिग्देल र राधादेवी लामिछानेलाई सम्मान गरेको हो । सम्मानित हुने चारै जनालाई प्रमुख अतिथि,बिशिस्ट लगायतले  सम्मान पत्र द्वारा सम्मान गर्नुभएको थियो  ।

सो अवसरमा वडामा स्थाई बसोवास गरी सामाजिक सुरक्षा भत्ता खाइरहेका ८० वर्ष माथिका ६१ जनालाई  जना जेष्ठ नागरिकलाई दोसल्ला, सहित नगद द्वारा सम्मान गरिएको छ ।आज ४ नम्बर वडा कार्यालयको प्राङ्गणमा भएको कार्यक्रमको सभापति जेष्ठ नागरिक समाज वडा कार्य समितिकि अध्यक्ष दुर्गा पोख्रेलले गर्नुभएको थियो  भने प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङ रहनुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तामाङले  बिकास निर्माण संगसंगै मानविय बिकासमा जोड दिने बताउदै नगरपालिकाका विभिन्न ठाउँमा  जेष्ठ नागरिक चौतारी निर्माण गरिएको र कति निर्माणभिन अवस्थामा रहेको बताउनुभएको थियो । यस्तै सम्पन्न परिवार, घर हुदाहुदै पनि आमा बुवालाई वृद्वा आस्रममा छाड्ने परम्परा नै बनिसकेको अवस्था लाई यस नगरपालिका अन्त्य गर्नुपने तर्फ लागेको उद्घोष गर्नुभयो । 
विशिष्ट अतिथि रहनभएका वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले सामाजिक गतिविधि लाई पहिलो प्राथमिकता मा राखि यो कार्यक्रम आदर्स समाज निर्माण मा टेवा र्पुयाउने उदेश्यले गरिएको बताउनु भयो । श्रेष्ठले वडा माता पिता घोषणा गर्नु सजिलो भए पनि बुहारी सम्मान गर्नु चुनौतिपुर्ण भएको बताउदै आफुले नगरपालिकामै नयाँ कार्यक्रमको थालिनी गरेको जानकारी दिनुभयो ।

कार्यक्रमको विशिष्ठ  अतिथि रहनुभएका राम कुमार कार्कीले जेष्ठ नागरिक समाज  ले प्रत्येक वडामा क्रियासिल हुनै सबै वडाको लगत संकलन गर्ने बताउनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.