Websoft University

नयाँ बृन्दावन गौशालामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने



शिव भट्टराई सुनसरी बैशाख २२ गते । धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकसीत वन्दै आइरहेको मोरगंको सुन्दरहरैचामा निर्माण भै रहेको नयाँ वृद्धावनमा राधाकृष्णको मन्दिर निर्माण सम्पन्न भएको छ ।

श्री राधे श्याम सेवा ट्रष्ट नयाँ बृन्दावन गौशालाले पत्रकार सम्मेलन गरी मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना सहित प्राणप्रतिष्ठा र उद्घाटन कार्यक्रम रहेको ट्रष्टका संरक्षक दिनवन्धु शास्त्रीले जानकारी दिए ।

नयाँ बृन्दावनमा यही बैशाख २४ गते देखि ३० गते श्रीमद्भागवत सप्ताह महायज्ञ सञ्चालन हुने तथा सोही अवसरमा राधाकृष्णको प्राणप्रतिठा गरिने समेत उनले वताए । राधाकृष्णको प्राणप्रतिष्ठा लगायतका धार्मिक अनुष्ठान आयोजना गर्न मन्दिर समुद्घाटन तथा प्राणप्रतिष्ठा मूल समारोह समिति वनाएर काम भई रहेको सचिव श्यामप्रसाद भट्टराईले जानकारी गराए ।

धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य सहित मोरगंको सुन्दरहरैचा ५मा नयाँ वृन्दावन गौशाला निर्माण कार्य हुँदै आएको छ । प्राकृतिक रुपले मनोरम स्थलको रुपमा रहेको वुढीजमुना खोलाको पुर्व तर्फकोे किनारामा तिन विगाह जग्गामा भौतिक पुर्वाधार निर्माण गर्न थालिएको हो ।

२०६६साल देखि नयाँ वृन्दावन गौशाला राधेश्याम सेवा ट्ष्टको स्थापना गरी विभिन्न भौतिक पुर्वाधारहरु निर्माण गरिर्दै आएको छ । नयाँ वृन्दावन निर्माण कार्य थालेको ट्ष्टले गौ सेवाका लागि गौशाला भवन , गौ सेवक वासस्थान , शिव मन्दिर , वुद्ध मूर्ति स्थापना ,आश्रम भवन , रासी अनुसारको वृक्षारोपण गरी वगौचा निर्माण गरी सकेको छ । भने गुरुकुल शिक्षाको प्रारम्भ समेत भई सकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.