Websoft University

विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन



काठमाण्डौ बैशाख २३ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । जल तथा मौसम विज्ञान विभागले आँधी, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आइपर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुनेगरी पूर्वतयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको हो । आइतवार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दोस्रो बैठकमा उहाँले विपत्तिका बेला राहत तथा उद्धार र त्यसका लागि आवश्यक सबै उपकरणहरुको व्यवस्था गर्न पनि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराउनुभयो । विपद् व्यवस्थापनका लागि आवश्यक सबै खालको पूर्वतयारीमा जुट्न प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले पनि आ–आफ्नो प्रदेशका विपदको सम्भावना र व्यवस्थापनका लागि गरिएको प्रयासबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.