Websoft University

गाँजा फडानी अभियानमा सोलुखुम्बु प्रहरी


सोलुखुम्बु, भाद्र २९ गते । रातो तारा डट काम ,जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अबैध लागू औषध गाँजा फडानी अभियान अन्तर्गत बिहीबार प्राकृतिक रुपमा उम्रिएको ११ सय बोट गाँजा फडानी गरी नष्ट गरिएको
छ ।
 विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको टोलीले बिहीबार अपरान्ह ४ बजे सोलु-दुधकुण्ड नगरपालिका-५ बस्ने नव श्रेष्ठको मकैबारीमा प्राकृतिक रुपमा आँफै उम्रिएको गाँजा फडानी गरी नष्ट गरेको हो।
फडानी गरिएको गाँजा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको रोहवरमा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.