विराटनगर,भदौ २९ गते । रातो तारा डट कम,
सामाजिक संस्था परीवर्तनका लागि हातेमालोले शुक्रबार बिराटनगरमा बृहत सरसफाई गरेको छ ।
‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ साप्ताहिक रुपमा विभिन्न सरसफाई अभियान सञ्चालन गर्दै आएको सो संस्थाले विश्व सरसफाई दिवश २०१८ को अवसरमा बृहत सरसफाई गरेको हो ।
संस्थालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सरसफाईका लागि आवश्यक सय थान औजारहरु उपलब्ध गराएको थियो । औजारहरु वितरण गर्दै मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले सरसफाई अभियान चर्चाका लागि मात्रै नभई सफल रुपमा कार्यान्वयन गर्न सुझाव दिए । उनले युवाहरु सरसफाई जस्तो महत्वपुर्ण कार्यमा अग्रसर भएको बताउदै यसरीनै सवैतिर युवाहरुले अभियान चलाए वातावरण स्वच्छ बन्न समय नलाग्ने दावी गरे ।
Post a Comment