मोहन कुमार राई-भाद्र २९ गते । रातो तारा डट कम,संखुवासभा÷चैनपुर नगरपालिका स्थित शारदा मावि पोखरीले राष्ट्रिय बालदिवसको अवसरमा “सुखी नेपाली समृद्ध नेपाल बाल अधिकार वसबैको सरोकार” मन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरेको छ ।
बाल दिवसको अवसरमा विद्यालयले “सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ” विषयक वतृत्वकला प्रतियोगिता गरेको थियो । तहगत रुपमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका अन्तर सदानात्मक प्रतियोगिता गरेको कार्यक्रममा २० वढी छात्र÷छात्रा वक्ताहरु सहभागीहरु रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृतबहादुर कार्कीले सृष्टीका कोपिला हुन यीनीहरुलाई फकक्र मायाममताका साथ ज्ञान, सिप, धारणाको सकारात्मक र आशावादी विचार विजारोपाण गर्न सके मात्र भविष्यमा सुन्दर फुल वन्न सक्ने धारणा राख्नुभयो ।
बक्ता वालवालिकाहरुले सानो उमेरमा विवाह गर्न नहुने यो उमेर त पढ्ने खेल्ने र रमाउने उमेरमा स्वास्थ्य र पारवारीक, मानिसिक असर पर्ने भएकाले वालविवाह रोक्न सबै लाग्नु पर्ने धारण राखेका थिए । कार्यक्रममा विजयी हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथै सबै विद्यार्थीहरुलाई मिठाइ वितरण समेत गरेको थियो ।
Post a Comment