Websoft University

उद्योग संगठनको प्रतिनिधि मण्डल सिचुवान कन्सफ्रेन्समा सहभागिता जनाउन भोलि जादै,


फायल फोटो-
बिराटनगर भदौ २९ गते । रातो तारा डट कम, उद्योग संगठन मोरंङ एक प्रतिनिधी मण्डल भाद्र ३० गते देखि ५ गते सम्म चीनको छेन्दुमा हुने सिचुवान साइथ एशिया बिजनेश राउण्ड टेबल कन्सफ्रेन्समा सहभागिता जनाउन भोलि मिती २०७५ भाद्र ३० गते त्यस तर्फ जादैछ ।

संगठनमा निवर्तमान अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, कार्यकारिणी समिती सदस्य सुबोध कोइराला, भोलेश्वर दुलाल, बिनोद पौडेल र इन्द्र खत्री सम्मिलित प्रतिनिधी मण्डल छेन्दु जाने तय भएको छ ।

सार्क राष्ट्रका उद्योगी÷व्यवसायी वीच भेटघाट तथा छलफल हुने उक्त कार्यक्रममा सहभागि राष्ट्रका उद्योगी÷व्यवसायीले एकअर्का मुलुक बीच व्यवसाय विकास तथा विस्तार, ई–कमर्श प्रविधि तथा पूर्वाधार विकास सन्दर्भमा छलफल हुनेछ । त्यसैगरी छलफलको क्रममा सार्क राष्ट्रका प्रतिनिधी बीच नेपालमा लगानीको वातावरण र लगानीका क्षेत्रका सम्बन्धमा छलफल गरी वैदेशिक लगानीकर्तालाई नेपालमा लगानीका लागि आव्हान गर्ने तय भएको छ ।

कार्यक्रममा संगठनका तर्फबाट प्रदेश नंं. १ लगानीका क्षेत्र, अवसर र चुनौतीका सम्बन्धमा तयार पारिएको कार्यपत्र वैदेशिक लगानीकर्ता समक्ष प्रस्तुत गरिने छ भने चीनका व्यवसायीहरु समक्ष नेपालमा लगानीको वातावरण र नीजि क्षेत्रको भुमिका बारेमा अनुभव आदान प्रदान गरि वि २ वि बैठक गर्ने कार्यक्रम तय भएको
 छ ।
भ्रमणको क्रममा छेन्दु्रका विभिन्न उद्योग प्रतिष्ठान र वेस्टर्न चीन अन्तराष्ट्रिय महोत्सव अवलोकन गर्ने कार्यक्रम समेत रहेको कुरा आज प्रेस बित्रप्तिमार्फत जानकारी गराइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.