शिव भट्टराई -सुनसरी, भदौ २३ गते । रातो तारा डट कम,
मिन्टुको भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्टु मिन्टु लण्डनमा फिल्म रोमाञ्चक भएको बताएकी छिन् । छुट्टै परिवेशका इन्टु र मिन्टु कुनै साथीमार्फत भेट भएपछि अचानकको प्रेममा परेपछि फिल्मले नेपालीहरुको मन छुने बताईन् । फिल्ममा मिन्टु बेलायतका लागि नेपाली राजदूतकी छोरी हुन्छे जो लन्डनमा नर्सिङ गरिरहेकी हुन्छे ।
रिपोर्टस क्लब नेपाल सुनसरि शाखाले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा फिल्मको टिमले यही असोज ५ गतेबाट देशै भर प्रर्दशनमा आउने बताएको छ । अभिमन्यू दीक्षित र रेनेशा स्वयंले पटकथा तयार पारेको र फिल्ममा संस्कृति,प्रेमबीचको मानसिक द्वन्द्वलाई पस्कने प्रयास गरिएको छ । यसै फिल्मबाट रेनेशा वान्तवा राईले निर्देशनमा हात हालेकी हुन् भने नायकमा धीरज मगरले पनि डेब्यु हो । धिरजले फिल्म रमाईलो भएको कारण एक पटक हेर्न आग्रह गरे ।
फिल्ममा सुजिल कर्माचार्य ,हर्कुलस बस्नेत, बसन्त सापकोटा, स्वप्न सुमनको संगीत र राजेश पायल राई, सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, निकिता थापा, स्वप्न सुमन, मेलिना राई, केतन क्षेत्री लगायतको स्वर यस फिल्मका गीतमा सुन्न सकिन्छ ।
Post a Comment