मोरङ, भाद्र २३ गते । रातो तारा डट कम,
ईलाका प्रहरी कार्यालय रानीको ूअबैध घरेलु मदिरा नियन्त्रण अभियान” अर्न्तगत शनिबार दिउँसो अबैध घरेलु मदिरा बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले दिउँसो साढे ३ बजे देखी पौने ५ बजे सम्म विराटनगर महानगरपालिका १३ स्थित रहेका विभिन्न भट्टी पसल तथा होटलहरुमा चेकजाँच गर्ने क्रममा तयारी अबस्थामा रहेको १ सय ७५ लिटर तयारी मदिरा, मदिरा बनाउन प्रयोग गरिने ५० थान भाँडावर्तन र २४ सय लिटर कच्चा पदार्थ फेला पारी बरामद गरेको हो ।
बरामद गरिएको मदिरा आन्तरिक राजश्व कार्यालय मोरङमा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Post a Comment