Websoft University

रत्नबहादुर विश्वकर्मा गरिव भएका कारण क्यान्सरको उपचार हुन नसक्ता मृत्युको पर्खईमा


रबिन्द्र बराल रंगेली,माेरङ भदै ३० गते शुक्रबार ।
रातो तारा डट कम,मोरङको केराबारीका रत्नबहादुर विश्वकर्मा आर्थिक अवस्था कमजोर भएकै कारण प्राण घातक रोग क्यान्सर संग हाल संघर्स गरिनहनु भएको छ ।

शरिरमा क्यान्सर चापेका रत्न बहादुरले ७ जनाको परिवार धान्नु परे पछि कामको खोजिमा पथरीशनिश्चरे नगरपालिका वडा नं. २ बक्रे चौकमा लिलामाया गुरुको घरमा अधिया खेति गदै आउनु भएको छ ।

संम्पतीको नाउमा गाँउमा ८ धुर जग्गा त्यसमा पनि लफडा परेकै कारण खान लाउन गाह्रो भए पछि १० बर्ष अगाडि पथरीशनिश्चरे २ बक्रे चोकमा अर्काको घरमै बस्न आउनु भएका बिश्वकर्मा १८ महिना देखि आर्थिक अवस्थाका कारण क्यान्सर संघ जुधिरहनु भएको छ ।

७ जनाको परिवारलाई अधिया खेती गरेर खान लगाउन नपुगे पछि बिराटनगरको प्लास्टीक फ्कट्रिमा सेकुरेटी गर्दा गर्दै बिरामी हुनु भएका रत्नबहादुर आफुलाई बचाई दिन यसबेला सबै संग हार गुहार मागिरहनु भएको छ ।

सुूरुमा दिशा लाग्ने तर नआउने आए पनि पानिमात्र बग्ने र पेट पोल्न थालेपछि नोबेल मेडिकल कलेजमा जाँच गर्दा भक्तपुर क्यान्सर अस्पतालमा जाने सल्लाहा दिएपछि भक्तपुरमा जाँच गरे पछि जेथाले भ्याउन्जेल उपचार गरेर बस्नु भएको छ ।

क्यान्सर अस्पतालमा बिरामीको चाप र पैसाको अभावले पेटबाट दिशा गर्ने ठाउ बनाएर फर्कनु भएका विश्वकर्मा गरिवीका कारण मृत्यूलाई पर्खिएको बताउनु हुन्छ ।

उपचार गर्न पैसा भएको र घाउ सेक्न र किमो लगाउनै नसकेका कारण घर फर्किएको विश्कर्माकी श्रीमती सिता बताउनु हुन्छ ।

नगरपालिकाले सिफारिस बनाई दिएकाले श्रीमान बचाउकालागी गाँउ घरर्मा सहयोग माग्र्दै ३५ हजार जम्मा गरेको तर पहिल्यै उपचार गर्दा १ लाख ५० हजार रिन भएकाले आस मरेको विश्वकर्मा बताउछन ।

स्थानिय युवा भुपाल राईले ५ हजार दिएर सुरु गरेको सहयोग र भुपालको साथले केहि बाच्ने आस जागे पनि सहयोग जुट्नु अगाडीनै क्यान्सरले लैजाला भन्ने डर छोराछोरीमा छ । बाबुको उपचार गर्न स्कुल समेत छोडेर छोरा छोरी ज्यामी काम र सिफारीर बोकी गाँउ गाँउ घुमिरहेका छन ।

क्यान्सर अस्पतालले १ लाख छुट दिएर उपचार गर्दा पनि १ लाख ५० हजारको रिन र रोगले झनै चेपेको छ, यो परिवारलाई धेरै जनाले बिरामीहरु सहयोग गरेका कारण जिवन जिउन सफल भएको सुन्दा कसैबाट सहयोग मिले आफुले पनि नयाँ जिवन पाउने आस उनमा अझै मरेको छैन।

३ महिना अगाडीनै अस्पतालले बोलाएको तर पैसा नभएको कारण जान नसकेको श्रीमती सिता बताउनु हुन्छ ।  आफु मरे बाल बच्चाको बिजोग हुने हुनाले सबैले सहयोग गरेर बचाई दिनु हुन सबैमा अनुरोध गर्नु भएको छ । उहालाई सहयोग गर्ने जो कोहिले यो ९८१०५५४०९९ मा संर्पक गर्न सक्नु हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.