Websoft University

नेपालको बिकासलाइ तिब्र गतिमा अगि बडाउन चीनले सहयोग गर्ने


बिराटनगर भदौ ३० गते। रातो तारा डट कम,
नेपालको समग्र ऊर्जा क्षेत्रमा चिनियाँ लगानी वृद्धि र सहकार्य गर्ने विषयमा नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । अघिल्लो साता सो समझदारीपत्रमा नेपालका तर्फबाट नेपाली राजदूतावास बेजिङ नियोगका उपप्रमुख सुशील कुमार लम्साल र चीनका तर्फबाट नेसनल इनर्जी एडमिस्ट्रेसनका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

नेपाली पक्षको प्रस्ताव गरेअनुसार २०७२ चैत्र १० गते पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका समयमा भएको प्रारम्भिक समझदारीमा अहिले हस्ताक्षर गरेका हुन् । २६ साउन २०६८ मा नेपाल र चीनबीच आर्थिक र प्राविधिक सहकार्य गर्ने प्रारम्भिक सहमतिअनुसार नै परराष्ट्रमन्त्री महराले यो विषयलाई उच्च प्राथमिकतामा राखेका हुन् ।

दुई देशबीच दीर्घकालीन हितका लागि गरिएको यो सम्झौताले आपसी हित र तीव्र आर्थिक  सहकार्य गर्ने उल्लेख छ । इनर्जी कोअपरेसनका क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइनका लागि फिजिबिलिटी अध्ययन, नेपालका हाइड्रोपावरको अध्ययन तथा निर्माण र नवीकरणीय ऊर्जाका क्षेत्रमा सहकार्य गर्ने उल्लेख छ । त्यस्तै चीनले नेपालको सस्टेनेबल डेभलपमेन्ट गोल (एसडिजी)का बृहत्तर क्षेत्रमा पनि नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ ।

नेपालको ऊर्जा क्षेत्रमा चीन लगानी गर्न तयार रहेको भन्दै दुवै देश मिलेर पावर इन्नोभेसन र सहकार्यका विविध आयाममा लगानी गर्ने जनाइएको छ । विशेषगरी नेपालका ठूला नदी बेसिनको अध्ययन गर्न चीनले नेपालसँग प्रस्ताव राखेको
 थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.