Websoft University

विद्यार्थीलाई पोशाक वितरण

(फाएल फोटो)

पाँचथर, भदा ३० गतेै । रातो तारा डट कम,त्रिपन्नौँ बालदिवसको अवसर पारेर पाँचथरको फिदिम नगरपालिका वडा नं ४ स्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई आज पोशाक वितरण गरिएको छ । विद्यालयका ४३ जना छात्रछात्रालाई पोशाक वितरण गरिएको फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

‘बालमैत्री शासन, बालबालिकाको सम्मान’ भन्ने नाराका साथ मनाइएको उक्त दिवसमा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले आजका बालबालिका भोलि कर्णधार भएको हुँदा उनीहरुलाई प्रतिभा सिर्जना गर्ने वातावरण बनाइदिन अभिभावक, शिक्षक, र विद्यालय परिवारलाई आग्रह गर्नुभयो ।

बालदिवसकै अवसर पारेर फिदिम–४ स्थित गढी माविमा पनि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको
 थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.