विराटनगर । रातो तारा डट कम, विराट फुटवयर एक्स्पो २०७६ विराटनगरस्थित जैन भवनमा आजदेखि सुरु भएको
छ । नेपाल जुत्ताघर प्रालिको आयोजनामा एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले गरे । एक्स्पोमा ६ ब्राण्डका चुत्ता, चप्पलहरू रहेका छन् ।
नेपाली जुत्ताको प्रवद्र्धन र ब्राण्डिङ्ग गराउने मुख्य उद्देश्यले एक्स्पो आयोजना गरिएको फुटवयर एक्स्पोको संयोजक होमनाथ उपाध्ययले बताए । १ लाख ५० हजारले अवलोन गर्ने अपेक्षा राखिएको एक्स्पोमा ५० हजार जुत्ताको कारोबार हुने आयोजकको लक्ष्य छ । एक्स्पो अवधिभरी १ करोड ५० लाखको कारोबार गरिने लक्ष्य राखिएको संयोजक उपाध्ययले बताए ।
‘हामीले १५ दिनसम्म एक्स्पो लगाउने तयारी गरेका छौं’ उपाध्ययायले भने ‘ग्राहकको माग र कारोबार बढेको खण्डमा एक्स्पो लम्बिनसक्छ ।’ एक्स्पोमा शिखर सुज, बि।एफ। डियर हिल सुज, रन सुज, शुल लैण्ड, लैण्ड वाक र हाइ लाईप सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल रहनेछ ।
मेलामा ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिनेछ । १ सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँ मूल्यसम्मका जुत्ता एक्स्पोमा रहेको संयोजक उपाध्ययले जानकारी दिए । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
नेपाली जुत्ताघरका अध्यक्षसमेत रहेका उपाध्यायका अनुसार सन् २०२० सम्ममा नेपालमा ४ करोड ५० लाख जोर जुत्ता उत्पादन हुनेछ । अहिले वार्षिक ३ करोड जुत्ता उत्पादन भइरहेकोले आगामी वर्ष १ करोड ५० लाख वृद्धि गरि वार्षिक १ करोड २० लाख जुत्ता निर्यात गर्ने लक्ष्य रहेको उनलेबताए ।
नेपाली चुत्ताको प्रर्वद्धन गरि आयतलाई प्रतिस्थापन गर्ने नेपाली जुत्ताघरको लक्ष छ । यसअघि काठमाडौं, पोखरा, बुटवललगायतको शहरमा एक्स्पो आयोजना गरिसकेको उपाध्यायले जानकारी दिए ।
उद्घाटन समारोहमा बोल्दै प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतले प्रदेशलाई आत्मनिर्भर बनाउन स्वदेशी उद्योगहरु फस्टाउनु पर्ने बताए ।
मन्त्री कुसियतले कानूनी प्रावधान र कच्चा पदार्थको अभावमा स्वदेशी उद्योगहरु मर्कामा परिरहेकाले यसतर्फ सरकार गम्भीर रहेको बताए । उनले नयाँ उद्योग एवं व्यापार प्रवद्र्धन गर्न सरकारले जग्गा र बैँक ब्याजमा सहुलियत दिने तर्फ पनि सोची रहेको कुरामा जोड दिए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले विशेष नीति बनाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा उधोग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका कार्यवहाक अध्यक्ष नविन रिजाल विराट व्यापार संघका अध्यक्ष सुजन थापा र मोरङ पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेललगायतले बोलेका थिए ।
Post a Comment