Websoft University

विना ईजाजत वैकिंङ कारोवार गरी ठगी गर्ने २ जना पक्राउ


बिराटनगर पुस १ गते । रातो तारा डट कम,नेपाल राष्ट्र बैकबाट बैकिङ कारोबारको लागी अनुमति नलिई जिल्ला सुनसरी ईटहरी उप.म.न.पा वडा नं. ६ स्थित शुवाश श्रेष्ठ समेतले संचालन गरेको कान्तिपुर गहना भण्डारमा उक्त गहना भण्डारको नाममा पासबुक छपाई बिभिन्न मानिसहरुलाई वढी व्याज दिन्छु भनि प्रलोभनमा पारी हालसम्म प्राप्त जाहेरीको आधारमा नगद रु २०,४६,०५७ (विस लाख छयालिस हजार सन्ताउन्न रुपैया ) वरावरको नगद ठगी गरेको जाहेरी परेकोमा निजहरुको नाममा सम्मानित सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको र निजहरुलाई खोजतलास गर्ने शिलसिलामा ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरीको टोलीले मिति २०७६।०९।०१ गते पक्राउ गरेको छ। निजहरुलाई ठगी मुद्दामा म्याद थपको तयारी भई रहेको । अन्य २ जना फरारको खोजतलास कार्य भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.