काठमाण्डौ मंसिर २७ गते । रातो तारा डट कम,भारतको लोकसभा र राज्यसभाबाट पारित नागरिक संशोधन विधेयकको विरोधमा एक उच्च प्रहरी अधिकारीले राजीनामा दिनुभएको
छ । महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी महानिरीक्षक पदमा कार्यरत अब्दुर रहमानले राजीनामा दिने घोषणा गर्नुभएको हो ।
महानिरीक्षक रहमानले आजदेखि लागु हुने गरी राजीनामा दिएको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नुभएको हो । नागरिकता संशोधन विधेयकले भारतीय संविधानको धारा १३, १४ र २५ उल्लंघन गरेको उहाँको दाबी छ ।
विधेयकले निश्चित समुदायमाथि भेदभाव गरेकाले आफूले जागिरबाट स्वेच्छिक अवकाश लिएको उहाँले पत्रमा उल्लेख गर्नुभएको छ ।
Post a Comment