काठमाण्डौ पुस २ गते । रातो तारा डट कम,चिसो बढे सगै कपिलवस्तुको शिवराज साझेदारी बनले दाउरा वितरण गरेको छ । बन क्षेत्र पर्ने शिवराज नगरपालिका कृष्णनगर नगरपालिकाका विभिन्न चोक तथा गाउँहरुमा दाउरा वितरण गरेको छ । चिसोयाम वढैसगै आम नागरिकलाई चिसो वाट बचाउन दाउरा वितरण गरिएको साहयक बन अधिकृत प्रेमसंकर गुप्ताले वताउनुभयो । शिवराज नगरपालिका वडा न ५ चन्द्रौटा, वडा न २ वालापुर, वडा न ६, ७, ८ कृष्णनगर नगरपालिकाका केहि वडाहरुमा दाउरा वितरण गरिएको उहाँले बताउनुभयो । प्रत्येक वर्ष शितलहर सुरु भएपछी साझेदारी बनले दाउरा वितरण गर्दै आएको छ । प्रत्येकको घरमा वितरण गर्न सम्भव नहुने हुदाँ चोक चोक दाउरा राखिएको र सोहि ठाउँमा आएर आगो ताप्न अनुरोध गरिएको छ । त्यस्तै डिभिजन बन कार्यलय गौतम वुद्धले चिसोमा हुने जोखिमको न्युनिकरणको लागी विभिन्न सामुदायिक बन तथा साझेदारी बनले चोक चोकमा आगो ताप्नको लागी दाउरा वितरण गर्न आग्रह गरेको छ । कपिलवस्तु लगाएत तराईका जिल्लाहरुमा पुस १ गते वाट हुस्सु सहितको शितलहरले जनजीवन प्रभावित भएको छ ।
Post a Comment