Websoft University

आसरा सुधार केन्द्रमा मिस पुर्वान्चल


धरान सुनसरी । रातो तारा डट कम, धरान वडा न ६ को पानवारी स्थित आसरा सुधार केन्द्रमा मिस पुर्वान्चल २०१९को प्रतिस्प्रधिहरुले सोमबार अवलोकन गरेका छन् । दुर्व्यसनमा लागेकाहरुलाई सुधार्न स्थानीयहरुको सहयोगमा भर्खरी स्थापना गरिएको आशरा सुधार केन्द्रमा उपचारको लागि आएका पुर्व दुर्व्यसनीहरु संग समेत प्रतिस्प्रधिहरुले साक्षाक्तार गरेका थिए । 

उनीहरुले मिस पुर्वान्चलमा प्रतिस्प्रधिहरुलाई जितको सुभकामना दिएका थिए भने प्रतिस्प्रधिहरुको तपÞर्m बाट सुष्मिता बराइलीले सुधार केन्द्र भन्ने बित्तिकै अर्कै सोचेको तर यति राम्रो रैछ भन्दै चाडै नै उपचारमा आएका सम्पूर्णले घर फर्कने वातावरण तयार होश भन्ने कामना व्यक्त गरिन । मिस पूर्वान्चलका प्रतिस्प्रधिहरुलाई आसरा सुधार केन्द्रको काउन्सिलर तथा सैकोलोजिस्ट टिकाराम सिग्देलले लागु पर्दार्थको दुरुपयोग सम्बन्धि अभिमुखीकारण प्रस्तुत गरेका थिए ।

प्रतिस्प्रधीहरुले समेत आफ्नो घर छिमेकका र आफै बिच घटेका विभिन्न यस संग सम्बन्धित कुराहरु गर्दै विभिन्न जिज्ञाशा राखेका थिए । आसरा सुधार केन्द्रका प्रमुख रामजी कटुवालले प्रतिस्प्रधीहरुको प्रश्नको उत्तर दिदै भबिस्यमा महिला तथा बालबालिका दुर्व्यसनीहरुलाई सुधार्नको लागि एउटा छुट्टै भवन निर्माणको लागि समेत पहल भैरहेको जानकारी दिए । 

आसरा सुधार केन्द्रको इ( लाइब्रेरी निर्माणको लागि मिस पुर्वान्चल २०१९ बाट केहि सहयोग समेत गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । मिस पुर्वान्चल २०१६ मा समेत टिकट बाट उठेको रकमबाट एउटा कोठा निर्माणमा सहयोग गरिएको थियो । 

त्यस्तै सोमबारनै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनक केन्द्रिय अध्यक्ष तथा औजार दैनिकका सम्पादक भिम राई ज्वालाले सडक सुरक्षा र चुनौती सम्बन्धि क्लास दिएका थिए । आगामी पौष ५ गते सिल्भर इन्टर टेनमेन्ट को आयोजनामा हुने कार्यक्रमको लागि अहिले दैनिक बिभिन्न बिज्ञहरुबाट क्लास तथा प्रशिक्षण भैरहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.