Websoft University

भारतीय नक्सामा नेपालको भूभाग नेपाललाई स्विकार्य नभएको परराष्ट्र मन्त्री ज्ञवालीको भनाइ

  
काठमाण्डौ कार्तिक २१ गते । रातो तारा डट कम,परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीले भारत सरकारले नेपालको भूमिलाई मिचेर सानो चित्तको व्यवहार गरेको बताउनुभएको छ । बैतडीको पञ्चेश्वर गाउपालिकामा आजदेखि सुरु भएको राष्ट्र निर्माण महामहोत्सवको उद्घाटन गर्दै परराट्रमन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो । भारत सरकारले नेपाली सीमा मिचेको प्रस्ट देखिएकाले यसमा भारतले सानो चित्तको व्यवहार देखाएकाले यो कुरा नेपालका लागि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल सबै मित्रराष्ट्रसँग मित्रवत व्यवहार गरेको अवगत गराउँदै भारत सरकारले नेपाली भूमिमा हस्तक्षेप गुर्न गलत रहेको टिप्पणी गर्नुभयो । नेपालले वार्ताको माध्यमबाट सीमा विवादको समस्याको हल गर्न चाहेको उहाँको भनाइ छ । फरक प्रसङ्गमा बोल्दै उहाँँले घाम पूर्वबाट उदाउने गरेझैँ अब विकास सुदूरपश्चिमबाट उदाउने बताउनुभयो । उहाँले पञ्चेश्वर परियोजना,झुलाघाटमा मोटरेबेल पुल, पञ्चेश्वर गाउपालिकाको भारतीय सीमा महाकाली नदीमा झोलुङ्गे पुल निर्माण प्राथमिकताकासाथ स्थान दिइने उहाँको भनाइ  थियो । यी महत्वपूर्ण परियोजनाको लागि भारत सरकारसँग निरन्तर छलफलमा जुटेको अवगत गराउँदै छिटै परिणाम आउने बताउनुभयो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.