Websoft University

भारतले नेपाली भूमि डकैती गर्दै , वरिपरिका छिमेकीलाइ थिचोमिचो गरेर दुनियाँलाई हसायो,भारतले आफ्नो खुट्टामा बन्चरो हान्दै,



काठमाडौ । रातो तारा डट कम,रोटी–बेटी’को सम्बन्ध भन्दै सिमा मिच्दै,नेपाली भुमि भारतले डकैती गर्दै नेपालसंग ‘रोटी–बेटी’को सम्बन्ध रहेको भन्ने भारतले मुखले जे बोल्छ कामले त्यसको ठीक विपरीत गर्छ भन्ने तथ्य उसले जारी गरेको पछिल्लो नक्साले प्रष्ट्याएको छ । नेपालको सीमा क्षेत्रमा अवैध संरचना बनाएर डुबान समस्या, सीमा अतिक्रमण गर्दैआएको भारतले अहिले ती नेपाली भूमि नै आफ्नो नक्साभित्र हालेर दुनियाँ हँसाएको छ । 

भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर नेपालको भूमि आफ्नो बनाई नयाँ नक्सा जारी गरेपछि अहिले नेपाली समाज रन्थनिएको छ । साना राजनीतिक दलहरु चिच्याइरहेका छन् तर सरकारी निकाय भने अध्ययनमै रहेको बताएर झारा टारिरहेका छन् । आफ्नो भूमि अतिक्रमण हुँदा र अरुले आफ्नो नक्सामा हाल्दा अध्ययन गर्नुपर्ने कुरा के हो ? कि सो क्षेत्रको कुनै दस्तावेज छैन ?

नेपालले आफ्नो अविछिन्न स्वतन्त्र अस्तित्वको रक्षाका लागि भारतसंग डटेर कूटनीतिक तहमा पहल गरी उसको गल्ती सच्याउन लागि नपर्ने हो भने नेपालले अरु धेरै भूमि यसै गरी गुमाउनुपर्नेछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा त गुम्छ नै निकट भविष्यमै सुस्ता पनि गुम्नेछ ।


  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.