Websoft University

एक्सन फर नेशन नेपाल भन्ने संस्था गठन

बिराटनगर । रातो तारा डट कम,समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका युवाहरुले बढ्दो महिला हिंसा निरुत्साहित गर्ने उदेश्यले एक्सन फर नेशन नेपाल भन्ने संस्था गठन गरेर महिलाहरुको आत्मरक्षा अभियान सुरु गरेका छन्।

संस्थाले सुरुमा काठमाडौं र त्यसपछि देशका विभिन्न स्थानमा पुगेर महिलाहरुलाई कसरी आत्मरक्षा गर्ने भन्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका तेक्कादो खलाडी एवम् पर्यटन वर्ष २०२० का अमेरिकाका लागि पर्यटनदुत प्रकाश थापाको अध्यक्षतामा संस्था गठन भएको हो ।

संस्थामा थापा अध्यक्ष, उपाध्यक्ष निर्मल शर्मा, सचिव श्रीकृष्ण श्रेष्ठ,कोषाध्यक्ष राजकुमार लामा रहेका छन् । त्यसैगरी, सदस्यहरुमा नाजीर हुसेन, गिरी बहादुर सुनार, मिलन लामा, अनिल प्रदान (वशिष्ट) अम्बिका शर्मा, सीता पाण्डे र दयाराम पाण्डे रहेका छन् ।त्यस्तै सल्लाहाकार सपना प्रदान, मेनुका लामा भुमा लिम्ब र सुरेश आलेमगर रहेका छन् । 

कानुनी सल्लाहकारमा राजेश काफ्ले छन् । यस संस्थाले यसै महिनादेखि आफ्नो अभियान अन्तर्गत कार्यक्रमहरुलार्य अघि बढाउने भएको छ । यो संस्था अमेरिकामा आधा दशक देखि क्रियाशिल छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.