Websoft University

नीति तथा कार्यक्रममा क्रिकेटलाई विशेष प्राथमिकता


काठमाण्डौ बैशाख २१ गते । रातो तारा डट कम,सरकारले काठमाडौंको मुलपानीमा निर्माणाधिन मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई दुई बर्ष भित्र सञ्चालनमा ल्याउने बताएको छ । गत बर्ष मुआब्जा विवाद समाधान गरेको सरकारले मैदानलाई दुई बर्ष भित्र सञ्चालनमा ल्याउने निति अघि सारेको हो । संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको अधिकांश बुँदामा क्रिकेट समावेश गरिएको छ । सरकारले क्रिकेटलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । सरकारले निजि स्तरबाट सञ्चालन भईरहेका क्रिकेट प्रतियोगिता र पुर्वाधार निर्माणमा सहयोग गर्ने जनाएको छ ।घरेलु खेलकुदमा अन्तराष्ट्रिय सफलता हासिल गरेको क्रिकेट खेललाई बिशेष प्राथमिकतामा राखेको सरकारले क्रिकेट एकेडेमी बनाउने जस्ता महत्वकांक्षी योजना समेत अघि सारेको छ ।सरकारले आवश्यक पुर्वाधार निर्माण समयमै सम्पन्न गरेर १३ आँै दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग यसै वर्ष भित्र सम्पन्न गरिने जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.