Websoft University

आज आमाको मुख हेर्ने दिन


काठमाण्डौ बैशाख २१ गते । रातो तारा डट कम,आज वैशाख कृष्णपक्षको औंसी अर्थात मातातीर्थ औंसी । आज नेपालमा आमाको मुख हेर्ने दिनको रुपमा आमाको सम्मान र आदर गर्दै मनाउने गरिन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएको आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन रहेकोछ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्नेगर्छन् । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पणगर्ने प्रचलन छ । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्ने गर्छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.