काठमाण्डौं,माघ २५ गते । रातो तारा डट कम,फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले हिजो सार्वजनिक गरेको वरियतामा नेपाल यथावत रहेको हो । नेपाल भन्दा माथि रहेको दक्षिण एसियाली देशमा माल्दिभ्स १ सय ५२ औ स्थानमा छ ।
भारत ६ स्थान घटेर १ सय ३ औं स्थानमा छ । भर्खरै एसिया कप फुटबलमा समुह चरणबाटै बाहिरिएको भारत वरियतामा समेत तल झरेको हो । नेपाल भन्दा तल रहेको भुटान १ सय ८६ आंै, बंगलादेश १ सय ९२, पाकिस्तान १ सय ९९ र श्रीलंका २ सय स्थानमा यथावत छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ ।
फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, ईङ्ल्याण्ड पाचौं स्थानमा यथावत छ । छैटौ स्थानमा पोर्चुगल, सातौ स्थानमा उरुग्वे, आठौं स्थानमा स्विटजरल्याण्ड, नवौं स्थानमा स्पेन र दशौं स्थानमा डेनमार्क रहेको छ । एसिया कपको उपविजेता जापानले २३ स्थान फड्को मार्दै २७ औं स्थानमा उक्लिएको छ ।
Post a Comment