विराटनगर,असोज ३ गते । रातो तारा डट कम, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हाम्रो संविधानले सबै भाषा,संस्कृति,परम्परा,धर्मको संरक्षण र सम्वद्र्र्धन गरेको बताउनुभएकोछ ।
संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति १ नम्बर प्रदेश बिराटनगरद्वारा शहीद रङ्गशालामा भव्य रूपमा आयोजित उक्त समारोहलाई सम्बोधन गर्दा आज वहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हितको प्रवद्र्धन र पैरवीका लागि छुट्टै व्यवस्था संविधानमा भएको जानकारी दिँदै सामाजिक न्याय प्राप्तिका दिशामा संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो ।
मूल समारोह समितिको संयोजकसमेत रहनुभएका मुख्यमन्त्री राईले प्रदेशवासी जनताको विकास र समसुशासन र सम्मानको चाहनालाई मूर्तरुप दिन प्रदेश सरकार संवेदनशील छ भन्नुभयो ।
सो अवसरमा प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङको पनि उपस्थिति थियो ।
कार्यक्रमको प्रारम्भमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी,राष्ट्रिय सेवा दल,खेलाडी, बाल क्लब, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था, विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको थियो ।
Post a Comment