Websoft University

सुन्दरहरैचाका युबाहरुले मनाए संबिधान दिवस


शिव भट्टराई - सुनसरी असोज ३ गते । रातो तारा डट कम,
देश भरी संबिधान दिवस मनाउने क्रममा आज सुन्दरहरैचा नगरपालिका.७ नं.वार्ड गोठगाऊ चोकमा दिप प्रज्वलन गरेर भब्यताका साथ संबिधान दिवस मनाइयो।सन्दर हरैचा ७ मा निकै नै सकृय रहेको सामजिक सस्था Yss nepal र पहिलो पाईलाले संविधान दिबशका दिन दिप प्रज्वलन गरेर मनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिमा  सुन्दर हरैचा वडा न ७ का वडा अध्यक्ष चैतन्य सिटौला हुनुहुन्थ्यो र उहाले यस्ता सस्थाहरु आफ्नो वार्डमा रहेकोमा खुसी व्यक्त गर्नुभयो र मैन बत्ती प्रज्वलन गर्नु भएको थियो ।

सोहि क्रममा यस्ता संस्थाहरुलाई अझै राम्रो काम गर्दै गए आफुले साथ दिने कुरा बताउनु भयो । यस कार्यक्रममा सामाजिक ब्यक्तित्व रबिन्द्र आचार्य , पत्रकार ज्ञाननाथ ढकाल साथै सुन्दरहरैचाबासीहरुको बाक्लो उपस्थिति थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.