Websoft University

निर्माण व्यवसायी महासंघको १२ औं साधारण सभा सम्पन्न


बिराटनगर,भदौं २९ गते । रातो तारा डट कम,नेपाल निर्माण व्यवसायिहरुले २०५३ सालमा बिराटनगरमा पुर्वाञ्चल क्षेत्रिय निर्माण व्यवसायीसंघ स्थापना भएको थियो । देश संघीयतामा गइसेकाले यहि संस्थालाई १ नम्वर प्रदेश निर्माण व्यवसायी महासंघ नामाकरण गरेर आज यसको १२ औ साधारण सभा सम्पन्न गरेकोहो ।

हाल निर्माण व्यवसायी महासंघको केन्द्र प्रदेश र जिल्ला सगठनहरु सकृय रहेका छन भने १ नम्वर प्रदेश निर्माण व्यवसायी महासंघका १४ जिल्लामा आफना शाखा रहेकाले त्यसमा करिव तीव हजार व्यवसायी आवद्घरहेको कुरा साधारण सभामा बताइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका माननीय मुख्यमन्त्री शेरधन राईले निर्माण व्यवसायी महासंघको १२ औं साधारण सभा उदघाटन गर्दै,अव देश संघीयतामा गइसकेकाले राज्य बलियो बनाउने पक्षमा इमान्दार भएर सबैले काम गर्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी महासंघ प्रदेश १ को १२ औं साधारणसभा लाई संम्वोधन गर्दै, कुनै पनि व्यक्ति र संस्थाले राज्यलाई नोक्सानी हुने, ठगी गर्ने कार्य गर्नै नहुने तर गरे भने कुनै पनि वाहनामा सैहृय नहुने बताएका हुन् ।
‘यस्तो आनीबानी भए सच्याउनुपर्छ । अहिलेको समयले अब त्यस खालको छुट कसैलाई दिने छैन’ मुख्यमन्त्री राईले भने ।

मुख्यमन्त्री राईले राज्य निर्माणका लागि ऐतिहासिक जिम्मेवारी तीन तहका सरकार प्रमुखमा आएको भन्दै, त्यसका लागि सरकार, राजनितिक नेतृत्व र आम नागरिकसमेत इमान्दार भएर राज्यलाई बलियो बनाउने तर्फ अग्रसर हुर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले भने ‘समयलाई बोध गरेर ऐतिहासिक जिम्मेवारीलाई राष्ट्र निर्माणमा लगाउन यो समयमा आवश्यक भएको छ, सोही अनुसार प्रदेश सरकार अगाडि बढेको छ, राष्ट्र निर्माण गर्ने कुरामा प्रदेश सरकार जस्तै सबै क्षेत्र इमान्दार भएर लागि पर्नुपर्ने अहिलेको आवश्यकता भएकाले तपाइहरु पनि इमान्दार भएर यस काममा लाग्नु पर्छ भनेका छन ।

कार्यक्रममा बिभिन्न वक्ताहरुले आ आफना धारणा राख्दै,साधारण सभा सफलताको शुभ कामना दिनु भएको थियो ।
कार्यक्रमका सभापति तथा निर्माण व्यवसायी महासंघ संघ प्रद्श नम्वर १ का अध्यक्ष मोहोन प्रसादअधिकारीले आफनो संम्वोधनका क्रममा भन्नु भयो यो महासंघले आफनो भवन बनाउन थालिसकेको प्रसंङ उल्लेख गर्दै, साउन १ गते बाट लागु भएको मुलुकी अपराध ऐन २०७४ को परिच्छेद २१ को दफा २५० को उपदफा १ र २ ले निर्माण व्यवसायीहरुलाई मात्र अफट्यारोमा पार्ने तर कर्मचारीलाई कुनै कानुनै नलाग्ने भन्दै सरकारले जारी गरेको खरिद ऐन लगाएतका जस्ता कुराले यो पेसा व्यवसायमा लागेका मानिसहरुलाई आतंकीतपारेको उल्लेख गर्नु भयो ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.