Websoft University

प्रस्तुत विधेयक सर्वसम्मतिले पारित



 काठमाडौ भदौ ३१ गते । रातो तारा डट कम। प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम (१) बमोजिम बनेको सो विधेयक २०७५ सदनमा विचार गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (२) बमोजिम प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सामान्य छलफल भयो । छलफलमा प्रदेशसभा सदस्य विद्यानन्द चौधरी, कुलप्रसाद साँवा, कुसुम श्रेष्ठ, बिन्दिया कार्की, बलबहादुर साम्साहुङ, मोहनबहादुर खड्का र सर्वध्वज साँवाले भाग लिनुभएको थियो । सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभाका सदस्यहरुले शान्ति र समृद्धिका निम्ति सुशासन अनिवार्य भएकाले विधेयकको अझै सैद्धान्तिक छलफल हुनुपर्नेमा जोड दिनुभयो ।।

शून्य समय

प्रदेशसभाका सदस्य होमकुमारी साँवाले आजको बैठकमा भदौको अन्तिम हप्तामा परेको अविरल वर्षाले पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा मानवीय क्षति नभए पनि भौतिक क्षति भएकाले राज्यबाट क्षतिपूर्तिस्वरुप दिइने रु १० हजार राहत रकम वृद्धि गर्न प्रदेश सरकारसँग माग गर्नुभयो ।

अर्का प्रदेशसभा सदस्य ज्योति सुब्बाले निर्मला पन्तको हत्या काण्डले ५२ दिन बित्दा सरकारले बास्तविक दोषी पत्ता नलगाएको दुःख व्यक्त गर्दै बलात्कारपछि भएको हत्यामा प्रमाण नष्ट गर्ने कसैलाई छाड्न नहुनेमा जोड दिनुभयो । प्रदेशसभाको अर्को बैठक असोज १ गते दिनको १ बजे बस्नेछ । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.