भोजपुर, आश्विन १ गते । रातो तारा डट कम,
भोजपुरको अरुण गाउँपालिका-४ फालीटारमा आईतबार दिउँसो बस र ट्याक्टर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । दिउँसो साढे २ बजेको समयमा लेगुवा-भोजपुर सडक खण्डमा धरानबाट भोजपुर तर्फ जाँदै गरेको को १ ख ३५२१ नम्बरको बस र बिपरित दिशावाट आउँदै गरेको को २ त ५९१९ ट्रयाक्टर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्याक्टरका चालक धनकुटा पाख्रिबास नगरपालिका ५ बस्ने बर्ष २० को राम धिताल (गम्भीर), सोही ट्याक्टरका सह-चालक सोही स्थान बस्ने २१ बर्षीय हिरालाल मगर (सामान्य), भोजपुर अरुण गाउपालिका-चरम्बी बस्ने बर्ष १९ की अनिषा भुजेल (गम्भीर), १८ बर्षीया बिमला भुजेल, (गम्भीर), त्यसैगरी बसमा सवार भोजपुर नगरपालिका-१२ टक्सार बस्ने बर्ष २० की मन्जु खड्का, भोजपुर नगरपालिका-८ दुम्सिखा बस्ने बर्ष १८ की रन्जना खड्का र भोजपुर नगरपालिका ११ बस्ने बस्ने बर्ष १८ की सुशान राई सामान्य घाईते भएका छन् ।
गम्भीर घाईतेहरुको धरान स्थित विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने सामान्य घाईतेहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । साथै बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
त्यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-२ स्थित भित्री सडक खण्डमा आईतबार राती २ वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । राती पौने ९ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २१ प ४८९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को. ४ प १३८१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
ठक्करबाट को ४ प १३८१ नम्बरको मोटरसाईकल चालक सुनसरी हरिनगरा-४ बस्ने बर्ष-३१ को बौवा मेहेता गम्भीर घाईते भएका छन् । त्यस्तै को २१ प ४८९ नम्बरको मोटरसाईकल चालक ईनरुवा नगरपालिका-१ बस्ने बर्ष-३१ को चन्दन शर्मा, मोटरसाईकलको पछाडी सवार निजकै श्रीमती बर्ष-२५ की लक्ष्मी शर्मा र निकै छोरी बर्ष-१ की आकृती शर्मा घाईते भएका छन् ।
घाईते चारै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा गम्भीर घाईते मेहतालाई थप उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment