सुनसरी, साउन २१ गते । रातो तारा डट कम
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका(८ स्थित भोटेपुलमा सोमबार बिहान ७ बजे स्कुटरले सडक किनारमा उभिरहेका मानिसलाई ठक्कर दिदा २ जना घाइते भएकाछन।
को १६ प ६०३० नम्बरको स्कुटरले भोटेपुल स्थित सडक किनारमा उभिरहेका सुनसरी ईनरुवा नगरपालिका(६ बस्ने वर्ष ४५ को जीवन निरौलालाई ठक्कर दिंदा दुर्घटनामा निज सहित स्कुटरका चालक सुनसरी जिल्ला धरान उपमहानगरपालिका १५ बस्ने वर्ष ३५ को सूर्य लिम्बू समेत घाइते भएका छन ।
घाईते दुबै जनाको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ भने स्कुटर इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
Post a Comment