शिव भट्टराई सुनसरी साउन २१ गते । रातो तारा डट कम,सोमबार रिपोर्टर्स क्लब इटहरीमा पत्रकार सम्मेलन गदै सरकारले तत्काल हेभी सबारीको लाईसेन्स नखुलाए सबारी साधन सहित सडकमा आएर चक्काजाम गर्ने चेतावनी दिएका हुन ।
लामो समय देखि अनुमति पत्र बिनै सवारी चलाउनु परेको हेभी इक्विपमेन्ट अपरेटरहरुले गुनासो गरेका छन् । अपरेटरहरुले सरकारको हेलचेक्राईको कारण लामो समय देखि हेभी इक्युमेन्ट सम्बन्धि सबारी साधनको लाईसेन्स नखुलाएको भन्दै देशभर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
हेभी इक्विपमेन्ट अपरेटर संघ एक नंम्बर प्रदेशले बिना लाईसेन्स विकास निमार्णको काम गर्ने ठुला सवारीहरु अत्यन्त मारमा परिरहेको बताएका छन् ।
अपरेटर संघका केन्द्रिय अध्यक्ष लोकमान खत्रीले देशभर २५ हजार हेभी साधन लाईसेन्स बिनै सवारी चलाउदा जोखिम बढेको बताए । २५ हजारमा ४ हजारको मात्र लाईसेन्स भएको र त्यो पनि प्रकृयागत नभएको बताएका छन् । देशभर स्काभेटर, ग्रेडर, लोडर, लोटर आदी सवारी चलाउनेहरु अहिले समस्यामा परेको बताइएको छ ।
सरकारले अहिलेसम्म अपरेटर भनेर लाईसेन नखुलाउँदा अपरेटरहरुको विचल्ली भएको कुरा अध्यक्ष खत्रीले रातो तारा डट कम सँग भनेका छन्। २०५१ सालदेखि अपरेटको काम गदै आएका खत्रीले सरकारले लाईसेन्स वितरणमा खेलाची गरेको आरोप लगाए ।
लाईसेन्स बिना सबारी चलाउदा मृत्यु भएका चालकहरुले बिमा नपाउने समस्या रहेको केन्द्रिय उपाध्यक्ष गोकुल कुबरको दुखेसो छ । धेरै जसो अपरेटरहरुले नक्कली लाईसेन्स बोक्ने गरेको समेत उनले बताए ।
यस्तै देशभरका हेभी इक्विपमेन्ट अपरेटरहरुको भेला तथा अधिबेशन मंगलबार इटहरीमा हुने भएको छ । इटहरीस्थित इटहरी ब्यानकुईटमा हुने अधिबेशनले एक नंम्बर प्रदेशको कार्यसमिति बनाउनुको साथै आगमी दिनहरुमा अपरेटरहरुको समस्या र चुनौतीलाई सरकारमाझ दबाब दिने रणनिति बनाइने बताइएको छ ।
Post a Comment