Websoft University

बालविकास केन्द्रमा १० लाख बालबालिक पुगे तर पढाउने शिक्षिकाहरु सबै पीडित

(फायलफोटो)

काठमाडौँ, साउन ५ गते । रातो तारा डट कम, समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ । प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब छ हजार छन् । प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुने बालिका पाँच लाख पाँच हजार र बालक पाँच लाख १४ हजार
छन् ।

समाजले यहाँ शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा नेपाल कम्युनिष्ट पार्टीकी नेतृ सत्या पहाडीले प्रारम्भिक बालविकासको विषय संविधानको मौलिक हक रहेको बताउँदै अब ऐन बनाउँदा उक्त विषयलाई थप व्यवस्थित र शिक्षिकाहरुको सेवा सुबिधा व्यावस्थित गरिने बताउनुभयो । समाजका अध्यक्ष डा किशोर श्रेष्ठले दिगो विकासका लक्ष्यमा १७ लक्ष्य रहेकामा ११ लक्ष्य बालविकास सँग सम्बन्धित रहेको जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.