बिराटनगर,साउन ५ गते । रातो तारा डट कम,नेपाल तिर आउने भारतिय नम्वर पिलेटका सवारी साधानको बोर्डर छेउ छाउका शहरहरुमा भिडनै बढ्न थालेको यस बेला सबैले राम्रो संग हेर्न देख्न पाईन्छ ।
दैनिक रुपमा यसरी यति धेरै के कामका लागि मानिसहरु र भारतिय सवारीका साधान नेपाल आउने गरेका छन यस वारेमा आवश्यक जानकारीको कौतुहल सबै नेपालीहरु हुन सक्छ, यो एउटा गभिर बिषय पनि हो तर सरकारले त यो बिषयमा खासै चासो लिएको पाईदैन् ।
यो चासो र कौतुहल मेटाउन नेपाल भारत सीमना रानी भन्सारका कार्यलय प्रमुख मिमांसु अधिकारीलाई पनि भेटेका थियौ, वहाँले अधिकृत अन्नत तिम्सिनालाई १ नम्वर गेटबाट जानकारी उपलब्ध गराउन लगाउनु भयो ।
त्यहा नासु स्थरको एक कर्मचारी सहितको टोलि तोकिएको भए पनि कार्यलय साहेकले पो काम गर्दा रहेछन ।
हामीले दैनिक भारतिय सुबिधाका सवारी साधान र सोमा सवार नेपाल आउने मानिसको संख्य मागे पछि खाता पल्टाउन सुरु भयो, आउने मानिसको रेकट रहेनछ, सवारीका साधान पनि कहि मिति लेखेको कहि नलेखेको केहि नजनाई त्यसै गाडी नम्वरहरु मात्र लेखेको पाइयो । हामीलाइ चै रानी भन्सारले राखेको यो बिदेशीहरुका लागि राखेको सुबिधा प्रवेश रेकट अव्यवस्थित जस्तो लाग्यो ।
रातो तारा प्रतिनिधिले प्रकृया दिदै भन्यौ कमप्युटर रेकट राखेर सवारीमा आउने मानिसहरु संख्या, कहा सम्म जाने कहिले फर्कने जस्ता कुरा राखेको भए राम्रो हुने थियो भन्यौ ।
हामीलाई प्राप्त जानकारी अनुसार कार जीप भ्यान मोटसाइकल,लगाएतका सवारी साधानको (मानिस बाहेक)मात्र असार महिनाको रेकट अनुसार २७६५ हल्का सवारीका साधान रानी भन्सारमाबाट मात्र नेपाल प्रवेश गेको थिए, यि गाडी फर्के वा फर्केनन् सो कुराको जानकारी हुन सकेन । बोर्डरको आसपासका बजार सम्म पुगेर सोहि दिन फर्कने यस प्रकारका सवारी साधानहरुलाई राजश्व भने नलाग्ने रहेछ ।
जोगबनी नाका भएर आउने ठुला तथा महालवहाक (व्यापारीक मालसामान बोकेका) सवारीका साधानहरुका बारेमा २०७५ असार महिनाको रेकट अनुसार दैनिक ४ हजार ६ सय ३३ को संख्यमा भारतबाट रानी भन्सार प्रयोग गरेर गाडी नेपाल भित्रने गरेको पाईयो ।
रानी भन्सार अधिकृत अन्नत तिम्सिनाले रातो तारा लाई दिएको जानकारी अनुसार माल लोड गरेर नियाम बंमोजिम नेपाल भित्रियका यस्ता ठुला सवारीका साधानहरुले नेपाल प्रवेश गरेको ३० दिन भित्र अनिवार्य फर्कनै पर्ने हुन्छ भन्नु भयो। तर फर्कन सकेनन् भने म्याद गुज्रेको १७ दिन सम्म दैनिक २२ सय जरिवाना र त्यो भन्दा बढी म्याद गुज्रेमा बिदेशी महालबहाक ट्रक वा गाडीहरुको नर्फकनजेल जरिवानाको रेसियो लगातार रुपमा बढैजाने बताउनु भयो । यसरी गरिएको जरिवानाले राजश्व निकै उठ्ने बताउनु भयो।
Post a Comment