Websoft University

आदिवासी जनजातिको चाडपर्व विदा कटाएकोमा तमु छोंज धिको विरोध


भक्तशेर लिम्वूू-बेलबारी,चैत २७ गते । रातो तारा डट कम,
समृद्धिको नाममा सरकारले आदिवासी जनजातिहरुको प्रमुख चाडमा गरेको विदाको खारेजी प्रति आपत्ति जनाउदै तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद मोरङ जिल्ला समितिले ६ बुदे माग सहितको ज्ञापन पत्र मंगलवार जिल्ला प्रशासन कार्यलय मोरङ मार्फत प्रधानमन्त्री कार्यलयमा बुझाएका छन् ।

परिषदले आदिबासी जनजाति समुदायको तमु ल्होसार, सोनम ल्होछार, ग्याल्बो ल्होसार, माघी ÷ मागे सक्रान्ति र उद्यौली उभौली जस्ता प्रमुख चाडपर्वलाई राष्ट्रिय चाडपर्वको रुपमा एक दिन विदा दिदै आएको थियो । हाल नेपाल सरकारले समृद्धिको लागि काम गर्नु पर्ने बहाना आदिवासीको चाडपर्व विदालाई खारेजी गरेको प्रति परिषदले आपत्ती जनाएको हो ।
आदिवासी आन्दोलन , पहिलो र दोश्रो ऐतिहासिक जनआन्दोलन, १० बर्षे जनयुद्धको उपलब्धिको रुपमा रहेको मौलिक चाडपर्वहरुको प्रवद्र्धन गर्ने अवशरलाई आदिबासी जानताति संग कुनै पनि प्रकारको छलफल, परामर्श नलिई सरकारले एकलौटी ढंगबाट बिदा कटौती गरेकोले परिषदले बिरोध जनाएको य परिषदका मोरङका संगठन सचिब कृष्ण गुरुङले बनाएका छन् ।

संगठन सचिब गुरुङले भने, “सरकारले हाम्रो माग र सवालहरुलाई अबिलम्ब कार्यान्वयनमा लैजानको लागि दबाब स्वरुप  प्रथमचरणको शान्ति पुर्ण आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जनाएका छन् । साथै आदिवासीको राजनैतिक अधिकार सहितको संरक्षित र स्वयत्त क्षेत्रको गठन गरिनु पर्ने र धर्मनिरपेक्षको सिद्धान्त अनुशारको नयाँ ऐन बनाई आदिवासी जनजातिको साँस्कृतिक पर्व विरोधी ऐनलाई खारेजी गर्नपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.