Websoft University

साहित्यिक कार्यक्रम सगैँ जेफाले पर्यटन मेला सुरु

सिंहदेवी,मोरङ, बैशाख १ गते । रातो तारा डट कम,
कति राम्रो बिहिबारे बजार जेफालेको फेदीमा।
पर्यटनको सिङ्गो आधार जेफालेको फेदीमा।
गजलकार युवराज ठकुरी "अज्ञानी"आफ्नो गजल मार्फत पर्यकीय स्थान  केराबारी-२;सिंहदेवीको वर्णन गरिरहेका थिए।
   
जेफाले भ्युटावरको फेदी बिहिबारे बजारमा जेफाले पर्यटन मेला बजार २०७५ सृजना वाचन,साङ्गितिक प्रस्तुति तथा शुभकामना आदानप्रदान गरेर शुभारम्भ भएको छ।

नयाँ वर्ष २०७५को अवसर पारेर गरिएको सृजना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम आन्तरिक पर्यटन प्रचारप्रसारमा साहित्यको माध्यम बनाउन गरिएको आयोजकले बताएका छन।
 
उतरी मोरङ साहित्य मंचका सचिब राजेश किरातीको सन्चालन जेफाले पर्यटन मेलाबजार समितिका अध्यक्ष भीम ठकुरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि विराट पर्यटन विकास समिति तथा जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी,विशिष्ट अतिथिहरु २नम्बर वडाध्यक्ष प्रेम लिम्बू ,गायक नरेश राई,अतिथिहरु डिबि लिम्बू,गायिका कल्पना लिम्बू,गीतकार तथा सङ्गितकार मदन लिम्बू ,गजलकार युवराज ठकुरी "अज्ञानी",शुक्र आङ्देम्बे,उत्तरी मोरङ साहित्य मन्चका अध्यक्ष सन्देश तुम्बापो,हृदय थेगिम,टेकवीर लिम्बू  लगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रममा नरेश राई,डिबी लिम्बू ,कल्पना लिम्बू र यमन लिम्बूले गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए।त्यसै गरि हृदय लिम्बू ,शुक्र आङ्देम्बे,सन्देश तुम्बापो,राजेश किराँती लगायतले गजल प्रस्तुत गरेका थिए।

युवराज ठकुरी अज्ञानीले गजल प्रस्तुत गर्नुका साथै गायक तथा कवि डिएन मगरले विदेशबाट पठाउनुभएको "विचारा सार्तोक्पे माईला"शीर्षकको कविता वाचन गरेका थिए।प्रमुख अतिथी डिल्लीराम शर्मा अधिकारीले कविता सहित शुभकामना मन्तव्य ,विशिष्ट अतिथी प्रेम लिम्बूले शुभकामना मन्तव्य राख्दै साहित्य विकासका निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरेका छन।

कार्यक्रम जेफाले पर्यटन मेला बजार समितिको आयोजना ,उत्तरी मोरङ साहित्य मन्चको संयोजन तथा वडा कार्यालयको प्रायोजन रहेको छ।भोलि भलिबल प्रतियोगिताको शुभारम्भ हुने आयोजकले बताएकको छ।मेला वैशाख ४गतेसम्म लाग्ने समितिका अध्यक्ष भीम ठकुरीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.