शिव भट्टराई -
मोरङ चैत २९ गते । रातो तारा डट कम,
मोरंगको सुन्दर हरैंचा नगरपालिकामा बाल सशक्तिकरण तालिम सम्पन्न भएको छ । तालिममा सुन्दर हरैंचा नगरपालिका वार्ड नं. ४ का ६० जना बालबालिकाको सहभागिता थियो ।
सात दिन चलेको तालिममा बालबालिकालाई उद्घोषण, समाचार, नेतृत्व विकास, बाल अधिकारलगायतका विषयमा तालिम दिइएको थियो । नेप्ली मिडियाका निर्देशक हिमाल दाहाललगायत प्रशिक्षकहरु लीलाराज भट्टराई, विक्रम श्रि, शेखर ढकाल, सञ्जय घोष, सीएन गौतमलगायतले तालिम दिएका थिए ।
तालिम समापन कार्यक्रम बालबालिका आफैले सञ्चालन गरेका थिए । बालबालिका आफैले समापन कार्यक्रमको सञ्चालन र व्यवस्थापन गरेको देखेर सहभागिहरुले प्रसंसा गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रशिक्षक तथा नेप्ली मिडिया प्रालिका निर्देशक हिमाल दाहालले बालबालिकाको तालिम सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गरे । उनले तालिममा सहभागि र पत्रकारितामा रुची राख्ने सहभागिहरुलाई छुट्टै एक दिनको तालिम निःशुल्क दिने समेत घोषणा गरेका थिए । उनले नेप्ली मिडिया प्रालिले विभिन्न तालिमहरु सञ्चालन गर्ने गरेको बताउँदै उनले व्यक्तित्व र नेतृत्व विकास हुने तालिमहरुलाई प्राथमिकता दिएको बताए ।
वडालाई बाल मैत्री वडा बनाउने अभियानअन्तर्गत उक्त तालिम गरीएको वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । उनले तालिम राम्रो भएको र बालबालिका क्षमतावान भएको टिप्पणी गर्दै आगामी दिनमा पनि बालबालिकाको विकासको लागि तालिमहरु गरिरहने बताए ।
त्यस्तै नगर बालसञ्जाल सुन्दर हरैंचाका अध्यक्ष टेकनारायण तिम्सिनाले बालअधिकार र बाल श्रम शोषणबारे निगरानी आवश्यक रहेको बताए । उनले सुन्दरहरैंचाका विभिन्न ठाउँहरुमा बालबालिकालाई सशक्त बनाउने कार्यक्रमहरु सञ्चालन भइरहेको बताउँदै बालबालिकाको विकासको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडासदस्य दुर्गा चौधरीले आफ्ना बालबालिकाले पनि तालिम प्रभावकारी रहेको र चाँडै सकिएको प्रतिक्रिया दिएको बताइन् । भनिन्, ‘धेरै कुरा सिकेँ, रमाइलो भयो भनेर छोराछोरीहरुले भन्छन्, यस्तै तालिम फेरी फेरी दिइरहनुपर्छ।सुन्दरहरैंचाका बालबालिका फोकल पर्सन तीर्थराज घिमिरेले तालिमले बालमैत्री वडा घोषणा गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले् तालिमको आयोजक संस्था नेप्लीलाई आगामी दिनमा पनि बालमैत्री वड़ा घोषणाको लागी आह्वान गरे।

Post a Comment