अर्जुन जम्नेली राई,मोरङ-पथरी, जेठ २४ गते । रातो तारा डट कम-नेकपा (माओवादी केन्द्र)ले मोरङको उर्लाबारीमा अभिायनलाई तिब्र बनाएको छ ।
आज(२४ गते) उर्लाबारीको वडा नम्बर २ र ४ नम्बरमा ब्यापक अभियान सञ्चालन भएको मेयरका उमेद्वार राजेन्द्र पौडेलले जानकारी दिए ।
अभियानमा पार्टीको पोलिटब्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुसल लिम्बू, जिल्ला नेता लक्ष्मी पौडेल, पूर्व सभासद नगेन्द्र धिमाल लगायतका नेताहरुको साथमा व्यापक कार्यकर्ता परिचालन गरिएको थियो ।
बुधबारको अभियानमा २ नम्बर वडाका अध्यक्ष पदम राई र ४ नम्बरका वडा अध्यक्ष मिलन दाहाल तथा सम्पूर्ण सदस्यहरुको साथ घरदैलो गरिएको वडा अध्यक्षका उमेद्वार पदम राईले बताए ।
वडा नम्बर ७, ८ र ९ नम्बर वडामा पहिलो चरणको घरदैलो कार्यक्रम समापन भएको लक्ष्मी पौडेलले बताए । नगरको उपमेयरको लागि धनमाया धिमाल लगायतका ९ वटै वडामा कार्यकर्ता क्रियाशिल रहेका छन् ।
अभियानमा नारा जुलुस, गीत तथा तृत्य प्रस्तुतहुदै आएको
छ ।
Post a Comment