Websoft University

पतञ्जली आयुर्वेदिक केन्द्रको उत्पादनका विभिन्न चार प्रकार औषधि नेपालमा विक्री वितरण गर्न रोक लगाइएको छ

काठमाडाैं, जेठ २४ गते । रातो तारा डट कम-भारतका चर्चित योग गुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रको  उत्पादन विभिन्न चार प्रकार औषधि नेपालमा विक्री वितरण गर्न रोक लगाइएको छ ।

नमूना परीक्षणका क्रममा न्युन गुणस्तरीय तथा गुणस्तरहीन भएको पाइएपछि औषधि व्यवस्था विभागले औषधिको बिक्री वितरणमा रोक लगाएको हो ।

रोक लागेका औषधिहरुमा विलादी चूर्ण, अभिपत्तिकर चूर्ण, अजमोदादी चूर्ण तथा सितोफलादी चूर्ण रहेका छन् ।
ती औषधि बजारबाट तत्काल फिर्ता गर्न विभागले सार्वजनिक सूचनामार्फत सम्बन्धित निकायलाई जानकारी गराइसकेकोछ।

साथै ती औषधि प्रयोग नगर्न नगराउनसमेत सम्बन्धित निकाय सबैलाई अनुरोध गरिएको छ । विभागद्वारा जारी सूचनामा भनिएको छ , ‘पतञ्जली आयुर्वेदिक केन्द्रद्वारा उत्पादित औषधि न्युन गुणस्तर भएको पाइएपछि औषधि ऐन-२०३५ को दफा १४ बमोजिम विक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न तथा सोको विवरण विभागमा पेश गर्न सम्बन्धित आयातकर्ता तथा तिनका अधिकारिक प्रतिनिधिहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.