विराटनगर साउन ७ गते | भारतीय संविधान र अदालती प्रक्रियाबारे अनुभव लिन पटना पुगेको मनमोहन इन्स्टिच्युट अफ लको टोली र पटनास्थित एमिटी विश्वविद्यालयबीच कानुनी अध्ययन र अनुसन्धानमा सहकार्य गर्ने सहमति भएको छ।
एमिटी विश्वविद्यालयका प्रोफेसर राजिवरञ्जन झाको टोलीले नेपाली टोलीलाई भव्य स्वागत गर्दै भारतीय संविधान, अदालतको प्रक्रिया र कार्यान्वयन अवस्थाबारे जानकारी दिएको थियो। भ्रमणकै क्रममा छिट्टै औपचारिक सम्झौतामा हस्ताक्षर गरी सहकार्य अघि बढाउने सहमति भएको मनमोहन इन्स्टिच्युटका प्रिन्सिपल कोषराज न्यौपानेले जानकारी दिए।
टोलीले १ साउनदेखी एकहप्तासम्म ३७ जना विद्यार्थी र शिक्षकहरुको टोली पटना उच्च अदालतको प्रक्रिया र न्याय सम्पादनको अवस्था प्रत्यक्ष अवलोकन गरेको थियो। विद्यार्थीहरूले भ्रमण सिकाइमुखी रहेको भन्दै न्यायिक प्रक्रियाबारे नजिकबाट बुझ्न पाएको अनुभव सुनाएका छन ।
कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंङिगक कलेज मनमोहन इन्स्टिच्युट अफ लले देशमै पहिलो पटक बीबीए एलएलबी र क्रिमिनल कानुनमा स् एलएलएम तहमा व्यवहारिक कक्षा र अध्ययनलाई प्राथमिकता दिंदै कानुनी शिक्षा अभ्यासमुखी बनाउँदै आएको छ।
Post a Comment