बिराटनगर फागुन ७ गते । रातो तारा डट कम,आज प्रजातन्त्र दिवस पनि हो र राष्ट्रिय समचार समितिको वार्षिकउत्सव पनि परेको छ। रासस बिराटनगर १ नम्बर प्रदेश कार्यलयले आज यहाँ कार्यक्रम गरेर वार्षिकोत्सब मनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले राष्ट्रिय समचार समिति केन्द्रीय स्तर बाट सन्चालन भइरहेको र अब यसलाई पनि सघीयता ल्याउन प्रयास भएको भन्दै रासस लाइ शुभकामना दिनुभयो ।
यो वर्ष पुरस्कार नगद १५ हजार पाउने भोजपुरका पुवराज बिष्टलाई पनि बधाई दिनु भयो।
बिराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले रासस लिथो पेपर बाट डिजिटल मा गएको र अब सरकार मुखपत्र मात्र नभइ नजताको मुखपत्र हुनुपर्नेमा जोड दिनु भयो।
नेपाल पत्रकार महासघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइँटेलले सरकारी सन्चार माध्यम अब सुधारीनु जरुरी भइसकेको ले यो
माध्यम जनताको मुख पत्र हुनुपर्छ, सघीय र सरकारी मुखपत्र हुनु भएन राससका सुचना जनताले निसुल्क पाउनु पर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले लगाएले बोल्नु भएको थियो।
कार्को अध्यक्षता मोहम्मद सदरूलले गर्नु भएको थियो।
Post a Comment