काठमाण्डौ फागुन ८ गते । रातो तारा डट कम,श्री मिल्स मा. बि. को ६९ औ वार्षिक उत्सव सम्पन्न भएकोछ । कार्यक्रमका प्रमुख अतिथि तथा सघीय सासद शिव कुमार मण्डलले पानसमा बती बालेर कार्यक्रमको उदघाटन गर्नु हुदै, आफनो क्षेत्र परेकाले सहयोग गर्ने बताउनु हुदै,सफलताको शुभ कामना दिनु भयो ।
१ नम्वर प्रदेश सासद जयराम यादवले, सहयोग गर्ने भन्नु हुदै,बिधालय परिवारलाई सफताको शुभकामना दिनु भयो ।
जिल्ला सहकारीका तर्फबाट प्रतिनिधित्व गर्नु हुदै,बिभिन्न खेलकुदमा बिजय खेलाडिहरुलाई पुरस्कार र प्रमाण पत्र बितरण गर्नु भएको थियो । यसरी खेलकुदमा पुरस्कार र प्रमाण पत्र पाउने करिव ३ सय बिधार्थीहरु रहेका छन ।
कार्यक्रममा बिभिन्न बिधाका थुप्रै वक्ताहरुले श्री मिल्स मा बि को बारेमा आफनो धारणाहरु सहित शुभकामना भएको छ ।
पुर्व प्र अ मोहन कृष्ण श्रेष्ठ र पुव शिक्षिका सिता दाहाल, नोवेल मेडिकलका नारायण दाहाललाई सम्मान गरिएकोछ । श्री मिल्स मा बि का शिक्षक लक्ष्मी लुइटेल समेत गरी, ६ जना र कर्मचारी २ जनालाई पनि आजै कदर पत्र बाट सम्मान गरिएकोछ ।
हाल उक्त मिल्स मा बि मा शिक्षक शिक्षिका ३० जना छन भने बिधार्थी १ हजार रहेकाछन।
अहिले मिल्स मा बि मा १ कक्षा देखि १२ कक्षा सम्म पढाइ हुने र कक्षा ९ देखि प्राबिधिक कम्प्युटर पढाइ हुने बताएकोछ ।
कार्यक्रममा श्री मिल्स मा बि का प्र अ मुरारी रेग्मीले बिधालयको प्रगतिबिवरण समेत पढेर सुनाउनु भएको थियो । प्र अ को प्रतिवेदन अनुसार बिधालय राम्रो संग सन्चालन भइरहेको भए पनि खानेपानीको अभाव, कक्षा कोठा अभाव,पार्कीङको अभाव,सौचालयको अभाव चमेनागृहको अभाव, कम्पाउण्ड वालको समस्य रहेको बताउनु भएकोछ ।
त्यसैगरी बिधालयको आर्थिक स्रोत नभएकाले गारो परेको भन्दै, बिधार्थी आउने तर पुरा समय नबस्ने जस्ता कुराले अहिले बिधालयलाई समस्य परेको प्रतिबेदनमा उल्लेख गर्नुभयो ।
Post a Comment