Websoft University

गछिया जेसीजको छैठौं पदस्थापन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न



शिव भट्टराई, मोरङ । रातो तारा डट कम, गछिया जेसीजको छैठौं पदस्थापन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न। मोरङको सुन्दर हरैचा नगरपालिका स्थित गछिया जेसीजको पदस्थापन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

गोकुलम रिसोर्टमा भएको कार्यक्रममा जेसी बोधराज रिजालको अध्यक्ष्यता रहेको थियो।बुधबार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुन्दर हरैचा नगरपालिकाका नगर प्रमुख शिव ढकालले नगरभित्र रहेका जेसिजका दुई ओटा शाखा स्वच्छ प्रतिस्प्रधा गर्दै समानान्तर ढङ्गले चली देशको उदाहरणीय शाखा बन्ने तर्फ लागि पर्नु पर्ने बताएका थिए।त्यस्तै कार्यक्रममा उपप्रमुख धनमाया तामाङ ,वार्ड नं ३ का वडाध्यक्ष जीवन ढुंगाना ,वार्ड नं ४ का वडाध्यक्ष  शैलेन्द्र श्रेष्ठ, वार्ड नं ७ का वडाध्यक्ष चैतन्य प्रसाद सिटौला लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

उक्त पदस्थापन कार्यक्रममा गछिया जेसीज बर्ष २०२० का लागि अध्यक्षमा मनोज रेग्मी, कार्यकारिणी उपाध्यक्ष्य मा प्रदीप विष्ट,नवीन बराल , महासचिवमा रविन सिटौला , कानुनी सल्लाहकारमा नवराज पोख्रेल, कोषाध्यक्ष मा टंक प्र पोख्रेल, उपाध्यक्ष मा पुष्पा ढुङ्गेल सिग्देल, ज्ञाननाथ ढकाल, लेखनाथ रिजाल, विवश प्रधान चयन भएका छन् भने उक्त कार्यक्रममा जेसिजका अगुवा युवाहरु उत्कृष्ट नव प्रवेशी प्रदीप खतिवडा, दुर्गा स्मृति युवा पुरस्कार टंक प्रसाद पोखरेल , उत्कृष्ठ संयोजक रविन सिटौला उत्कृष्ट वर्ष पुरस्कार बोधराज रिजाल लगायतलाई   सम्मान साथै पुरस्कार दिएको  थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.