Websoft University

३ पत्रकारको परिचय पत्र चीनले रद्द गर्दै देश छोड्न आदेश दियो


काठमाण्डौ फागुन ७ गते । रातो तारा डट कम,चीनले द वालस्ट्रिट जर्नलका तीन पत्रकारको परिचय पत्र रद्द गरिदिएको छ । चीन विरोधी सामग्री प्रकाशित गरेको अभियोगमा उनीहरुको परिचय पत्र नै रद्द गरिदिएको हो । आज दैनिक पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ताले चीनमा कार्यरत द वालस्ट्रिट जर्नलका पत्रकारको परिचयपत्र रद्द गरेको जानकारी दिएको चीनका सञ्चार माध्यमहरुले जनाएका छन् ।  जर्नलको बेइजिङ डेपुटी ब्यूरो चिफ जोश चिन अमेरिकी नागरिक तथा पत्रकारहरु चाओ डेङ्ग अमेरिकी नागरिक र फिलिप वेन अस्ट्रेलियन नागरिक को परिचय पत्र रद्द गरिएको हो । तीनै जनालाई देश छाड्न भनिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले, सम्पादकहरूले जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समुदायमा घृणा र आक्रोश पैदा गरेको आरोप पनि लगाउनुभएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.