Websoft University

सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा–अव के कार्यवाही हुन्छ



काठमाण्डौ फागुन ८ गते । रातो तारा डट कम,सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनुभएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिनुभएको हो । बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिनुभयो । 

संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेकोथियो । साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा समेत समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ । कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख बास्कोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताउनुभएको हो । 

औपचारिक पत्र तआउन बाँकी रहेपछि आफुलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको उहाँले बताउनुभयो । उहाँले यसबारेमा सरकारको ध्यानाकर्षण पनि भइसकेको जानकारी गराउनुभयो । यसैविच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूबारे प्रश्न उठेकाले पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको छ । 

सेक्युरिटी प्रिन्टर खरिदमा स्विस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा दिएको जानकारी गराउनुभएको हो । उहाँले राजीनामापत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर बुझाइसकेको समाजिक सञ्जार ट्विटरमार्फत जानकारी गराउनुभयो ।

उहाँले कञ्चनपुरबाट फर्किएलगत्तै पदबाट राजीनामा दिनुभएको हो । बाँस्कोटाले कञ्चनपुरमा आयोजित एक कार्यक्रममा आजै आफूले कुनै गल्ती नगरेको भन्दै नखाएको विष नलाग्ने तर्क गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.