काठमाण्डौ मंसिर १९ गते । रातो तारा डट कम,नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आगामी मंसिर २६ गते बस्ने भएको छ । गत १४ मंसिरमा भएको उपनिर्वाचन र समसामयिक राजनीतिका विषयमा छलफल गर्न काँग्रेसले २६ गतेका लागि केन्द्रिय कार्यसमिति बैठक बोलाएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा निश्चित एजेण्डामा नभई खुल्ला रुपमा छलफल हुने उहाँले बताउनुभयो । बैठकमा तेस्रो जागरण अभियान, भ्रातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्व चयन, म्याद गुज्रेका भ्रातृ संस्थाको महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।
Post a Comment