Websoft University

सुनकोशी नदीमा हामफालेर महिला बेपत्ता


उदयपुर, पौष २ गते । रातो तारा डट कम,उदयपुरको लिम्चुङबुङ गाउँपालिका-२ ज्यामिरे बस्ने ४० बर्षीय कुम्भ कुमारी कार्की, सुनकोशीमा हामफालेर बेपत्ता भएकोो
छन् । 

मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका-४ कि १३ बर्षीया बालिका निर्मला भुजेल रोक खोलाले बगाउँदा बेपत्ता भएकी छन् ।  

मंगलवार बिहान १० बजे आफ्नै भाउजुलाई उपचार गराउन लैजादा खोला तर्ने क्रममा  खोलाले बगाउँदा उनी बेपत्ता भएकी हुन् । बेपत्ता भएकी बालिकाको ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोली र स्थानीयवसी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.